We are extremely happy to announce to our valued customer that we have resumed delivery to most part of Nepal with optimum precaution for COVID-19, So, just relax and shop from Brother-mart.com, also you can earn money by referring product from our shop. Visit partner section of the menu for more details!
  • +977 9841234368; info@brother-mart.com
  • ALL WEEK FROM 9 AM TO 9 PM

कोरोना प्रभाव : एसईई स्थगित

by Ashim Prasai on March 18, 2020

SEE suspended
काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको कान्तिपुरलाई बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

 त्यस्तै,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकोबुधबार बसेको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

 

source

LEAVE A COMMENT

Please note, comments must be approved before they are published


BACK TO TOP