We are extremely happy to announce to our valued customer that we have resumed delivery to most part of Nepal with optimum precaution for COVID-19, So, just relax and shop from Brother-mart.com, also you can earn money by referring product from our shop. Visit partner section of the menu for more details!
  • +977 9841234368; info@brother-mart.com
  • ALL WEEK FROM 9 AM TO 9 PM

स्वस्तिमा अमेरिकन फिल्ममा काम गर्दैछिन् ?

by Ashim Prasai on May 07, 2020

फिल्मी फण्डा । छोटो समयमा आफ्नो करिअरलाई नेपाली फिल्ममा स्थापित गर्न सफल नायिका हुन् स्वस्तिमा खड्का । शुरुमा उनलाई नायिकाको रुपमा लिन नसकिने धेरै फिल्मकर्मीहरुको विचारलाई भंग गर्दै उनले करिअरमा सफलता हात पारिन् । एकाध फिल्म बाहेकमा उनलाई रुचाइएको छ ।

फिल्म सफल र असफल जसो हुदाँपनि उनको चर्चा भने सफलतातिर दौडिरहेको हुन्छ । पछिल्लो समय फिल्म ‘बुलबुल’बाट उनको चर्चा अझ चुलिएको हो । नेपाल यतिखेर लकडाउनमा छ । लकडाउनको कारण मनोरञ्जन क्षेत्र शतप्रतिशतले शुन्य 

फिल्मको कुनैपनि कामहरु शुरु हुने संभावना छैन । लकडाउन खुलेसँगै फिल्म क्षेत्र सामान्य अवस्थामा आउन निकै समय लाग्नेछ । एक अर्थमा भन्नुपर्दा फिल्म क्षेत्रको भविष्य अन्यौलमा छ नेपालमा । यहि बीच नायिका स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा काम गर्न लागेको खबर बाहिरीएको छ ।


पछिल्लो समय ‘बुलबुल’बाटै राष्ट्रिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा एक अमेरिकन समूहले निर्माण गर्न लागिएको अमेरिकन फिल्मको लागि अनुबन्ध भएको जानकारी बाहिरिएको हो । यस विषयमा फिल्मी फण्डाले स्वस्तिमा खड्कालाई सोध्दा उनले समाचार सत्य भएको दावी गरिन् ।

तर निर्माण पक्ष, अन्य कलाकार र निर्देशकको वारेमा भन्ने कुनै जानकारी बाहिरिएको छैन । स्वस्तिमा स्वंयमले पनि विस्तारै सबै जानकारी आउने बताएकी छिन् । आफु अडिशन मार्फत फिल्मको मूख्य पात्रमा चयन भएको र लिखित सम्झौता भएको उनले दावी गरेकी छिन् । फिल्मका अन्य कलाकारहरु हलिउडकै रहने बताइएको छ । लकडाउन पछि फिल्मको छायाँकन शुरु हुने दावी गरिएको छ ।

यसो त नेपाली कलाकारहरु बलिउड र हलिउड फिल्ममा भन्ने समाचार यो नै पहिलो पटक भन्ने हैन । तर ती समाचारहरु समाचारमै सिमित भएका छन् । पछिल्लो समय अनमोल केसी पनि बलिउडमा फिल्ममा भनेर समाचार बाहिर आएको थियो । तर अनमोलले बलिउडको गन्ध पनि लिन पाएनन् । स्वस्तिमाको अमेरिकन फिल्म यात्रा त्यस्तै नबनोस् हाम्रो कामना ।

source: https://filmyfanda.com/2020/05/swastimainhollywood/

LEAVE A COMMENT

Please note, comments must be approved before they are published


BACK TO TOP