कसरी यो घडीले मेरो छोरी मलाई फर्काई दियो? - मेरो लागि दोस्रो जीवन
एका बिहान को कुरा हो, म आफ्नो सानो छोरी लिएर असन बजार सामान किन्न भनेर गए, असन बजार सबैलाई थाहा भएकै कुरा हो सधै जस्तो मान्छे हरु घुयिचो थियो, हामी ट्रैफ़िक ले गर्दा बिहान ९ बजे हिडेको १०:३० बजे मात्र पुगेउ त्यो मान्छे हरु को भिड मा | यता उता सबै तिर मान्छे हरुको टाउको मात्र देखिन्थ्यो, थाहा थिएन के खोज्न हिडेका हुन् |
सामान किन्नु थियो र म आफ्नो सधै जाने पसल तिर लागे सानो छोरीको हात समातेर, पसल पनि पुगे अनि सामान हरु को मोल मोलाई गर्न थाले, तेसै ताका १५ मिनेट पछि छोरी लाई हेर्छु छोरी ओरिपरि देख्दिन,एतै कतै खेल्दै होलि भनेर मैले वास्ता पनि गरिन, सामान किन्न तिर लागे, मन मा चै कहाँ खेल्दै होलि भन्ने भान परिरहेकै थियो |
करिब एक घण्टा पछि पनि छोरी नदेखिए पछि मेरो मन मा चिसो पस्यो, कतै कसैले लॊभ देखाएर अन्तै त लगेन? मेरो फोन पनि चेक गरे, कसैको SMS न कसैको फोन छ, म हाँगा बाट खसे झैँ भए, पसल को दाई अनि ओरिपरिको मान्छे हरुलाई सोधे सबै मिलेर खोज्न तिर लागे, १०० मा फोन गरेर पुलिस लाई नि खबर गरियो | मन मा कुरा हरु पहाड जस्तो खेल्न थाल्यो, किन आज म यो भिड मा आए होला? किन छोरी लिएर आको म? Online मगाको भए पनि त भई हाल्थ्यो, मेरो मुटु को टुक्रा त हराउने थिईन | के आज म छोरी लिएर आको मान्छे एक्लै घर फर्किनु? के मेरो छोरी घर फर्कीलिन त? के भगवान ले मलाई एक मौका दिने छन् त, छोरी फर्काई दिएर? अनेक कुरा हरु मन म़ा खेल्न थाल्यो|
एकछिन पछि यो प्रविधि को जमाना म़ा मेरो फोन म़ा घन्टी बज्यो, येसो खोलेर हेर्दा NOTIFICATION थियो, तपाइको छोरी तपाइको परिधि भन्दा बाहिर जादै छ भनेर, त्यो देखेर मेरो आँखा रसायो, म धेरै फोन चलाउने मान्छे होइन, आज यो फोनले मलाई NOTIFICATION पठायो मेरो छोरी को लोकेशन देखाएर, त्यो फोन को लोकेशन हेर्दै म छोरी भए तिर लागे, छोरी आधा किलोमीटर पर भिड म़ा अलमल्ल परेर हिड्दै रैछे, मैले पर बाट छोरी देखे पछि हसंग फसंग गर्दै छोरी तिर दगुड़े, छोरी लाई च्याप अंगालो म़ा हाले र रुदै छोरी तिमि ठिकै छौ भनेर सोधे, छोरीले आँखा भरि आँसु पर्दै टाउको हल्लाई, एस मामु |
जीवन म़ा मैले कहिले सोचेको थिइन कि मेरो छोरी मेरो हत्केला म़ा हराउछे अनि उसको नाडी म़ा भएको घडी ले मलाई ऊ सम्म पुराऊछ भनेर | यो आधुनिक जमाना म़ा मैले प्रविधि को महत्व बुझे, त्यो दिन देखि म मेरो बच्चा हरुलाई स्मार्ट घडी सधै लगाई दिन्छु, उनि हरु तेसैमा रमाउछन्, खेल हरु खेलछन्, मलाई मेसेज गर्छन कतै टाडा छन् भने, भीडीयो कल गर्छन केहि पर्यो भने, म उनि हरुको हरेक चाल आफ्नो फोन म़ा हेर्ने गर्छु, कुरा गर्ने गर्छु, फोन को ल़त बाट पनि छुटकारा मिलेको छ, मेरा साथी संगिनी हरुलाई पनि यो घडी को महत्व बुझाउदै हिडेकी छु|
मान्छेलाई परे पछि थाहा हुन्छ भन्थे त्यो बेला देखि मलाई थाहा भयो, म मेरो बच्चा लाई कति माया गर्ने रैछु, एउटा प्लास्टिक को खेलौना भन्ठानेको ले मेरो नानीको जीवन बचायो, थाहा छैन मैले मेरो नानी फेला पार्थिये कि थिइन, पुलिस ले भेटाउ थियो कि थिएन, कसैले अपहरण पो गर्थ्यो कि नेपाल म़ा? तर आज यो २-४ रुपैया को सामान जुन हामी नचाहिने कुरा म़ा खर्च गर्छौ तेसैले मेरो समय अनि मेरो बच्चा को जीवन बचाएको छ, म निकै आभारी छु, त्यो दिन धन्न मैले यो घडी किनेर मेरो बच्चा हरुलाई लगाउन दिएछु| धन्य छ प्रविधि | म जीवन भर आभारी छु र हुनेछु |