यो भन्दा राम्रो "बुवा को मुख हेर्ने दिन" मा दिने उपहार नै भेटिन-म के उपहार दिदैछु मेरो बुवा लाई?

by Ashesh prasai September 04, 2023
यो भन्दा राम्रो "बुवा को मुख हेर्ने दिन" मा दिने उपहार नै भेटिन-म के उपहार दिदैछु मेरो बुवा लाई?

बुवा को मुख हेर्ने दिन "कुशे औंशी" नजिकिदै गर्दा मेरो मन मा अनेक प्रस्न हरु खेल्न थाल्यो, के दिनु र उपहार मेरो बुवा लाई?, मलाई पढाउने, लेखाउने, ताते गर्दै हिड्न सिकाउने, जिन्दगीको हरेक पाइला पाइला मा आफु लडेर भए पनि मलाई लड्न नदिने बुवा लाई, आफुलाई जति दुख परे पनि मलाई कहिले दुख नदेखाउने बुवा लाई?

ह्य़ा संसार ले नदिदा पनि भाकै छ, म चै किन दिनु नि त्यो पनि "बुवा को मुख हेर्ने दिन मै"? एस्तो प्रश्न पनि नउठेको चै हैन 
फेरी अर्को मन ले, तेसो त् धेरै ले ठुला घर, जग्गा, गाडी, एसो आराम पनि त दिएकै छन्, म चै के दिनु होला वर्ष दिन मा आको एउटा भव्य ठुलो चाड मेरो बुवा को लागी "कुशे औंशी" मा पनि केहि नदिनु?

म प्राय जसो कुशे औंशी मा मेरो बाबा लाई लुगा किनिदिने, मिठो मिठो परिकार बनाएर खुवाउने गर्थे तर यो पाली भने अलिक फरक उपहार दिने सोच बनाए किन भने लुगा फाटो त सधै जस्तो दियेकै हुन्छौ तर यो प्रविधि को जमाना मा मेरो बुवा लाई स्मार्टवाच दिने निर्णय गरे

सबै कुरा बुझे, वाच लाखौ पर्ने पनि हुदा रैछन्, प्राय सबै विशेषताहरु भएको र धेरै महँगो पनि नपर्ने स्मार्टवाच ब्रदरमार्ट बाट अडर गर्ने निर्णय गरियो - टिकाउ अनि वार्रंटी पनि त चाहियो नि हैन र?

मैले स्मार्ट वाच नै मेरो उपहार को पहिलो रोजाई बनाउनु को मूल कारण:

  1. मेरो बुवा को सबै स्वास्थ इस्थिती को जानकारी स्मार्ट वाच ले नै दिन्छ, मुटु को धड्कन, फोक्सो को मापन, प्रेसर को उतार चडाउ, क्यालोरी को सहि हिसाब किताब देखि फोन गर्ने, उठाउने, म्यासेज हेर्ने पठाउने सम्म सबै नोटिफिकेसन् स्मार्ट वाच ले नै दिने भएको ले पैसा लगानी नै गरिसके पछि राम्रो चीज मा गरौ भनेर स्मार्ट वाच दिने निर्णय गरे, यो नाडी मा मेरो बुवा को सधै भरि रही रहन्छ अनि मैले मेरो परिवार को फोटो भएको वाच फेस पनि राखिदिएको छु, बेला बेला फोन गर्दा बुवा ले वाच बाटै कुरा गर्नुहोस जस्तो लाग्छ

मलाई लाग्छ अहिले बुडा भएका बुवा आमा लाई एउटा उपहार त कसो नदिनु होला र त्यो पनि मलाई भन्दा बुवा आमा लाई नै काम लाग्ने देखे।

What is your favorite brand?

Top Sellers

Nothing Phone 3 Smartphone with front and back views on a white background

Smart Phones

Buy Ultima Magnum E700 with Free Delivery

Smart Watches

shop CMF Buds 2 Plus with ChatGPT voice assistant

Earbuds

My Power Nano C1 Power bank Price in Nepal

Power Banks

Security Cameras

Best mini portable projector in Nepal

Projectors

Speakers

Laptops

Subscribe YouTube for Updates