Back to Ecommerce in Nepal

मेरो खर्च बुवा बाटै आउछ- त्येहि पैसा ले बुवा लाई उपहार दिनु?

September 08, 2023

blog-fathers day-brothermart

आज भोलि धेरै युवा को एउटै प्रश्न हुन्छ, पढाई कहिले सक्ने? पढाई त सकियो अब काम कहिले पाइएला? काम त पाईयो अब तलब कहिले बढ्ला? यसै बीच जिन्दगि सकिदै गई रहेको हुन्छ, त्यसै बीच आई पुग्छ बुवा को मुख हेर्ने दिन अथवा "कुशे औंशी"- "कुशे औंशी" मा आमा को मुख हेर्ने जस्तो उल्लास, हर्ष देखिदैन जनमानाशमा। जबकि आमा को जत्तिकै देन र भूमिका हुन्छ छोरा छोरि हुर्काउन, अब्बल बनाउन र सहि मार्ग दर्शन दिन बुवाको पनि।

यो लेख पढी सकेपछि कुनै पनि सामान खरिद गर्नु भएमा ब्रदरमार्ट वा यस कम्पनी को कर्मचारी लाई केहि रकम कमिसन वापत प्राप्त गर्न सक्नु हुन्छ- येदि तपाई पनि यसरी नै लेख लेखेर, हाम्रो सामान शेयर गरेर पैसा कमाउन चाहनुहुन्छ भने यहाँ थिच्नुहोस 

धेरै युवा हरु त अहिले सम्म नी बुवा ले दिनु/पठाउनु भएकै पैसा मा दिन बिताई रहेका हुन्छन, जिबिको पार्जन गरि गरेका हुन्छन- जस्तै घर भाडा, किताब, कलेज फीस, पेट्रोल खर्च देखि चिया, चुरोट, रक्सी समेत बुवा कै पैसा मा चलको हुन्छ -यस्तो बेला मा उनीहरुको प्रश्न हुन्छ-के बुवा को पैसा बाटै बुवा लाई उपहार किनिदिनु?, फेरी बुवा लाई सोध्यो भने ह्य़ा चाहिदैन भन्नु हुन्छ-जसरी आफ्नो सारा सपना मारेर आफ्नो छोरा छोरी हुर्काउनु भयो सबै डिमाण्ड हरु पुरा गर्नु भयो, त्यसरी नै उपहार पनि चाहिदैन भन्नु भयो होला, तर सन्तान भएको नाता ले केहि दिउ जस्तो त लागी हाल्दो रैछ।

फेरी हामी पार्टी, घुमफिर, प्रेमी प्रेमिका मा ५, १० हजार केहि नभनी खर्च गर्छौ भने एउटा सानो उपहार त्यो पनि आफ्नो बुवा "बुवा को मुख हेर्ने दिन" मा खर्च गर्न कुन ठुलो कुरो भयो र?

यो पल्ट समय बदलिएको छ, संसार इन्टरनेटमय भएको छ, सबै को हात हात मा गद्गेट्स हरु छन्, मेरो बुवा लाई पनि त मन होला नी फेसबूक चलाउने, युटुब हेर्ने, टाडा टाडा भएका साथी हरु संग फोन, स्मार्टवाच अनि एअरबड को माध्यम बाट कुरा गर्ने, त्यस माथि अहिले त स्मार्ट वाच ले शरीर को प्राय सबै को स्वस्थ इस्थिती को मापन पनि दिन्छ जस्तै अक्सिजन लेभल, प्रेसर, मुटु को धड्कन आदि इत्यादी, फोन गर्ने देखि उठाउने, म्यासेज पढ्ने देखि रीपलाई पनि स्मार्ट वाच बाटै हुन्छ।

यो कुशे औंशी मा अरु वर्ष मा केहि उपहार नदिए पनि यो वर्ष भने म आफ्नो पैसा ले होस् या बुवा कै पैसा ले होस् एउटा उपहार चै अवश्य पठाउनेछु बुवा लाई